site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमबीबीएसका विद्यार्थीको मौका परीक्षाबारे छलफल गर्न बनाइयो कार्यदल
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएसका विद्यार्थीलाई मौका परीक्षा दिनेबारे छलफल गर्न कार्यदल बनाइएको छ । गएको असोज ३० गते बसेको समितिको बैठकबाट सांसद सुमना श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

एमबीबीएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरिने समितिले जनाएको छ ।

मौका परीक्षाका निम्ति विद्यार्थीले गरेको मागको औचित्यता कार्यदलले अध्ययन गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त विभिन्न कलेजका एमबीबीएस र बीडीएस दोस्रो वर्षका झन्डै ३०० विद्यार्थीले मौका परीक्षाको माग गरिरहेका छन् । कोरोना महामारीका कारण पढाइ प्रभावित भएर त्रिविले तोकेको सीमाभित्र उत्तीर्ण हुन नसकेको उनीहरूको तर्क छ ।

‘ब्यारियर सिस्टम’अनुसार कुनै विषयमा उनुत्तीर्ण भए विद्यार्थीले पहिलो वर्षमा ६ र दोस्रोमा चारपटक मौका परीक्षा दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro