site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'आठ भाइ माननीय'सँग गाला जोडिसक्यौं : उद्धव थापा
फाइल तस्बिर ।

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् ।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, "एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।" 

थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुन्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।

"हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ," थापाले भने, "अब गम्भीर रूपमा सोच्न पर्छ ।‌ पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।" 

अन्य प्रदेशमा बजेट कार्यान्वयन भएको तर कोसीमा भने अध्यादेशको खोल ओढाउन परेको सुनाए । 

स्रोत सुनिश्चित नहुँदा प्रदेशका धेरै योजना अलपत्र अवस्थामा परेको भन्दै थापाले कार्यक्रममा आएका योजना र भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव दिए । नामकरणको विषयमा समस्या आएको भन्दै थापाले वार्ता समिति बनाएर छलफल अघि बढाउनु पर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro