site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमतिको एक हप्ता कहिले हुन्छ भन्दै नेविसंघद्वारा पार्टी कार्यालयमा व्यानर टाँसेर विरोध

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट पक्षले सहमतिको एक हप्ता कहिले हुन्छ भन्दै पार्टी कार्यालय सानेपामा व्यानर टाँसेका छन् । 

संघको तदर्थ केन्द्रीय समिति विस्तारमा मनोमानी ढंगले केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै अनसनमा बसेको नेविसंघको असन्तुष्ट पक्षसँग भदौ ३ गते चार बुँदे सहमति गरेको थियो । 

नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुंगानाको रोहवरमा अनसनरत पक्षसँग चार बुँदे सहमति भएको थियो । 

नेविसंघको १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि संगठनको जिम्मेवारीबाट बाहिर रहेका नेविसंघका नेताहरूको उचित व्यवस्थापनसहित समावेशी तरिकाले नेविसंघ केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने सहमति भएको थियो । 

यस्तै, तदर्थ समितिको पहिलो केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्ने, संगठनभित्र हिमाल, पहाड, तराई, मधेस, महिला, जनजाती, दलित, मुस्लिम, थारु, अल्पसंख्यक, पिछडिएको क्षेत्र सबैलाई समेट्ने सहमति पनि भएको थियो । 

उक्त सहमतिअनुसार पार्टी केन्द्रीय कार्यालयमा राखिएको रिले अनसन स्थगित भएको थियो । 

तर, सहमतिअनुसार नेपाली कांग्रेस मुख्य सचिव र पार्टीले जिम्मेवारी दिएको भनी अनैतिक गैरजिम्मेवार चरित्र बोकेकाले सहमति पत्रमा हस्ताक्षरकर्तालाई व्यानर टासेर पार्टी कार्यालयको गेटमा टाँसिएको छ । 

“सहमतिको एक हप्ता कहिले हुन्छ ? गफले होइन कर्मले महाधिवेशन कसरी हुन्छ ?,” व्यानर टाँस्दै विद्यार्थी नेताहरूले भने, “बाँकी हाम्रा विकल्प र अन्य चरण सार्वजनिक गर्नेछौँ ।”

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro