site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सेनामा राजनीतिक चलखेल स्वीकार्य छैन : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने बताएका छन् । त्यस्तो कार्य गर्न नहुनेमा उनले जोड दिएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक्समा उनले सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्था भएको उनले बताएका छन् ।

“नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,” उनले लेखेका छन्, “सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro