site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिलाको सम्मान गरे मात्र कांग्रेसको भलो हुन्छ : शशांक कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाको सम्मान गरे मात्र पार्टीको भलो हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्नेमा जोड दिए । प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने उनले बताए । महिलाप्रति आफ्नो सम्मान बढी भएको उनले उल्लेख गरे ।

“महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरूको अपमान गर्नु हुँदैन । उनीहरूलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । अवसर दिनुपर्छ, सबै महिला एक सय एक छन्,” उनले भने, “बीपी कोइरालाको तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एकजनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म । तीन वर्षसम्म आइमाईकै लुगा लगाएर बसेँ । त्यसैले होला, महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरूको सम्मान गरे मात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भए पनि हामीले महिलालाई अघि बढाउनैपर्छ ।”

सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro