site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की भन्छन्– पार्टीले हाम्रो निर्णय आत्मसात् गर्छ 

काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसले कोसी प्रदेशमा सरकार गठनका लागि भएको पछिल्लो विकासक्रमलाई आत्मसात् गर्ने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग उनले स्थिर सरकारका लागि पछिल्लो कदम चाल्नु परेको बताउँदै यसलाई पार्टीले सहज रुपमा लिने विश्वास व्यक्त गरे ।

कोसी प्रदेशलाई मध्यावधिमा नजानका लागि आफूहरूले एमालेसँग मिलेर नयाँ सरकार गठन गर्नुपरेको उनको तर्क छ । आफू कुनै पार्टीको समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा मुख्यमन्त्री भएको उनले बताए ।

कार्कीले आइतबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनले भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन हुने पनि बताए । तर, कुनकुन दलबाट को–को मन्त्री हुने त्यो भने उनले खुलाउन चाहेनन् । 

कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro