site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको शपथ आइतबार  

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार (भोलि) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ । 

कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो । 

कोसी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro