site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको आक्रोश– महासचिवलाई मान्दैनँ भने कसलाई मान्छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै आक्रोश पोखेका छन् । पार्टीको स्कुल विभागले पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले पार्टी संगठनलाई नमानेको बताए ।

उनले 'पार्टीका महासचिव, उपमहासचिवलाई मान्दैन भने कसलाई मान्छ ?' भन्दै प्रश्न पनि गरे । 

“अहिले सजिलो भएको छ । म महासचिव मान्दिनँ, के भन्या त्यो ? म उपमहासपचिव मान्दिनँ । म फलानोलाई मान्दिनँ । के भनेको त्यो ? त्यो मान्दिनँ भन्ने साथी पार्टीमा छ कि छैन भनेर बुझ्ने ?,” ओलीले भने, “कसलाई मान्छ त ? घरमा गएर बालाई मान्छ ? आमालाई मान्छ ? मान्नैपर्छ । पार्टीमा संगठन छ । संगठन मान्ने कुरा हो ।”

उनले पार्टीमा अनुशासन आवश्यकता हुने बताए ।

“यो मान्दिनँ । ऊ मान्दिनँ भन्ने अनुशासनहीन अराजक कुरा हुन्  । जसले पार्टी, पार्टी रहँदैन । पार्टीको ढंगले हिँड्दैन,” ओलीले भने, “पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ । जनवादी केन्द्रीयता चाहिन्छ ।”

उनले पार्टी स्कुल विभागबाट प्रशिक्षण पाएकाहरूलाई अराजकता स्वीकार नगर्न आग्रह गरे ।

“अराजकतालाई एक इन्च पनि स्वीकार नगर्नुस् । जनवाद नबुझ्नेले पार्टी बुझेन, अराजकता बुझ्यो,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro