site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कार्कीलाई मुख्यमन्त्रीको दाबी फिर्ता लिन अनुरोध

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश कार्यसम्पादन समिति बैठकले पार्टीको अनुशासनभित्र रहेर केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको कांग्रेस कोसी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
 
थापाका अनुसार बैठकले कार्कीलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने प्रदेश सांसदहरूलाई पनि हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । 

“पार्टी निर्णय विपरीत भएको र अनुशासनभित्र रहेर दाबी र हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छौं,” थापाले बाह्रखरीसँग भने । 

बैठकले प्रदेश मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णय बमोजिम माओवादी केन्द्रका इन्द्र आङ्बोलाई साथ दिने निर्णय गरेको उनले जानकारी दिए । 

बिहीबार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए । गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्वोले पनि दाबी पेस गरेका छन् । 

यी हुन् बैठकका निर्णयहरू :

१) संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई अनुरोध गरियो ।
२) केदार कार्की र केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने  अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरियो ।
३) पार्टीलाई एकतावद्ध बनाउन कोसी संसदीय दललाई अनुरोध गरियो ।
४) केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro