site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मोसो दल्नु नेपाली संस्कार होइन : सांसद केसी
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था रहेको बताएका छन् । स्वीस बैंकमा नेपालीको ४६ अर्ब रुपैयाँ सम्पत्ति रहेको भन्दै उनले त्यसको स्रोतमाथि प्रश्न उठाए ।

“यो हङकङ, सिंगापुर अथवा दुवैमा भएको डिलको पैसा हो ? यो खोज्नुपर्ने हामी सबैको दायित्व हो । हामी सांसदहरूको पनि दायित्व हो,” बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने ।

राज्य एकपछि अर्को भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा पुगेको उनले उल्लेख गरे । उनले सुन तस्करीको नाका समेत परिवर्तन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले धरान, सर्लाही र नेपालगन्जमा अन्तरजातीय र धार्मिक सहिष्णुतामा खलल पार्ने काम गरिएको बताए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति इंगित गर्दै उनले अराजक भए भन्दैमा मोसो दल्नु पनि नेपाली संस्कार नभएकामा जोड दिए ।

चाडपर्वको समयमा मूल्यवृद्धि गरिएको र जनता मारमा परेको उनले बताए । नेपाल राष्ट्र बैंकले पनि ‘मिथ्यांक’लाई तथ्यांकका रूपमा प्रस्तुत गर्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

“चिनीमा सुगर किङहरूले ब्ल्याक मार्केट गरोस् भनेर छाडेको हो ? कालोबजारी र भूमिगत अर्थतन्त्रले देशलाई धराशायी बनाएको छ,” उनले भने ।

देशभर डेंगी संक्रमण बढेको र परीक्षण गर्ने किट नभएकामा पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले कोरोनापीडितले बिमाबापतको रकम नपाएको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro