site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गैरआवासीय नेपालीलाई नागरिकता दिन सांसदको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डीपी अर्यालले गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले संविधानले त्यस्तो अधिकार दिएको उल्लेख गरे । नगरिकता ऐन जारी भइसक्दा पनि किन नागरिकता नदिएको भन्दै उनले प्रश्न गरे ।

“गैरआवासीय नेपालीले नागरिकता पाएका छैनन्, ऐन पास भए पनि नागरिकता दिने अवस्था छैन । सहजै नागरिकता प्राप्त गर्ने वातावरण बनाऊँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro