site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बचन सिंहले फिर्ता लिए उमेदवारी 

काठमाडौंं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अध्यक्षको उमेदवार बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएका छन् । उनले उमेदवारी फिर्ता लिएको निर्वाचन समिति प्रमुख पदम पालले जानकारी दिए ।

त्यसअघि अध्यक्षका अर्का उमेदवार कमल तिमिल्सिनाले पनि उमेदवारी फिर्ता लिएका छन् ।

अब अध्यक्षको दुई उमेदवार छन् । कृष्णप्रसाद जैसी र भरत साउदबीच सहमति नजुटे अब निर्वाचन हुने छ । जैसीलाई स्थायी कमिटी सदस्य कर्ण थापाले साथ दिएका छन् भने साउदलाई नेता भीम रावलको साथ छ ।

अबको आधा घण्टा उमेदवारी फिर्ताको समय रहेको र उमेदवारी फिर्ता नभएका पदमा निर्वाचन हुने निर्वाचन समिति प्रमुख पालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro