site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सुदूरपश्चिम अधिवेशन : मतदान बुधबार बिहान

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान बुधबार हुने भएको छ । आजै साँझ ५ बजेबाट मतदान गर्ने भनिए पनि अहिलेसम्म उमेदवारी फिर्ताको काम चलिरहेको छ ।

निर्वाचन समितिका प्रमुख पदम पालले आज उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान ७ बजेबाट मतदान हुने जानकारी दिए ।

“हामीले उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेका छौँ । अहिले उमेदवारी फिर्ताको काम भइरहेको छ,” उनी भन्छन्, “उमेदवारको अन्तिम नामावली प्रकाशन लगायतका सबै काम आज सक्छौँ । भोलि बिहान ७ बजेबाट निर्वाचन हुन्छ ।”

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरणअनुसार कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले अध्यक्षमा उमेदवारी दिएका छन् ।

सहमतिमा नै नेतृत्व चयनका लागि प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियमा ढिलाइ भएको एक नेताले जानकारी दिए ।

“नेताहरू सहमतिकै लागि भनेर लागिरहनुभएको छ । अध्यक्षमा कृष्णप्रसादजी वा कमलजीमध्ये एकजनामा सहमतिको प्रयास भएको हो,” ती नेता भन्छन्, “तर, दुवैजना तयार नभएकाले चुनाव नै हुने देखिन्छ ।”

कर्णाली अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, सहमति वा निर्वाचन भन्ने टुंगो नलाग्दा अधिवेशन लम्बिएको छ भने प्रतिनिधिहरू अलपत्र परेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro