site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलबाट नेपाली स्वदेश फर्काउन विमान तयारी अवस्थामा
तस्बिर : रासस ।

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी गराएका हुन् । मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा उनले त्यसका निम्ति नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी अवस्था राखिएको बताए ।

इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro