site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एसईई परीक्षाबारे छलफल गर्न सकिन्छ : शिक्षामन्त्री राई
फाइल तस्बिर।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले एसईई परीक्षाको विषयमा सार्वजनिक बहस भइरहेको भन्दै यसमा छलफल गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले एसईईबारे छलफल गर्न सकिने बताए ।

सदनमा पुगेको विधेयकमा एसईई हटाएर कक्षा १२ मा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिने उल्लेख छ । यता आधारभूत तहको परीक्षा भने स्थानीय तहले लिने उल्लेख छ ।

“एसईई नहटाउने राय छ । परीक्षा चाहिँ आधारभूत तहको स्थानीय तहलाई, १२ कक्षाको संघले लिने गरी प्रस्ताव छ । एसईई लिनुपर्छ, पर्दैन भन्ने सार्वजनिक बहस छ । यसमा छलफल गर्न सकिन्छ,” उनले भने ।

शिक्षा विधेयक संघीयताविरोधी भएको तथा प्रदेशले अधिकार नपाएको विषय भने उनले इन्कार गरे । “प्रदेशले अधिकार पाएन भन्ने सन्दर्भमा, दफाबार छलफलमा संघका अधिकार मिलाउनुपर्ने भए मिलाउन सकिन्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro