site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस संसदीय दलको बैठकमा विद्युत् विधेयकबारे विज्ञसँग छलफल

काठमाडौं । विज्ञहरुले विद्युत्सम्बन्धी विधेयकलाई निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विधेयकका सम्बन्धमा छलफल गर्न संसद् भवन नयाँबानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरुले विधेयकले निजी क्षेत्रलाई विस्थापित गर्ने चिन्ता व्यक्त गर्दै यसअघिको विद्युत् ऐनलाई पनि मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

विद्युत्को उत्पादनका साथै गुणस्तरीय विद्युत् वितरणमा पनि विज्ञहरुले जोड दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । अर्थतन्त्रलाई उकास्न विद्युत् क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आर्थिक पक्षलाई हेरेर यसलाई गम्भीरतापूर्वक छलफल गरेर टुङ्गो लगाउनुपर्ने उनले बताए ।

लेखकले विधेयकका सन्दर्भमा संशोधन गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको जिकिर गरे । उनले विद्युत्सम्बन्धी विधेयकमा मंगलबार पुनः सरोकारवालासँग छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro