site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले बनायो दुई अध्ययन कार्यदल, तीनै तहमा ‘नवप्रवर्तन तथा स्टार्टअप विभाग’
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नीतिगत अध्ययनका लागि दुई कार्यदल बनाएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति कार्यदल बनाएको हो ।

रास्वपाले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल बनाएको छ ।

पूर्वसचिव शारदा प्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्वप्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारीसहित चार्टर्ड एकाउन्टेन्ट तथा पूर्वप्रशासक लिलाराज ढकाल कार्यदलमा रहेका छन् ।

यस्तै, ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट ऊर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेस गर्न रास्वपाले अर्को कार्यदल बनाएको छ । जसमा ऊर्जा तथा भूमिगत संरचना विज्ञ ई. श्रीराम न्यौपाने संयोजकसहित पूर्वसचिव ई. दवेन्द्र कार्की र ऊर्जा विज्ञ डा. सरोज अधिकारी सदस्य छन् ।

रास्वपाले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्नेे निर्णय गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro