site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन : सांसद
फाइल तस्बिर ।

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर कालोबजारी गरिँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताइन् । उनले मिटरब्याजीपीडितलाई पनि सरकारले थप पीडाबाहेक अरू केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।

“अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ, चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुपताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन,” उनले भनिन्, “त्यसरी नै अहिले मुलुककी संहिताअन्तर्गत मिटरब्याजपीडितहरू झन् पीडामा परेको अवस्था छ ।”

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रीलाई ठग्ने गरेको बताइन् । त्यो नियन्त्रण हुने गरी अनुगमनको कामलाई व्यवस्थित बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पर्न नदिन उनले सरकारलाई सचेत गराइन् । “चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरूमाथि ठगी हुने गरेको छ,” उनले भनिन्, “बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद मनीष झाले जनकपुरमा हत्या गरिएकी आरती साहका परिवारलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरिएको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro