site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले गण्डकी प्रदेश अधिवेशन : मतदान भोलि 

काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि (बिहीबार) हुने भएको छ । 

बुधबार उमेदवारीमाथि दाबी विरोध र फिर्ताको काम गरिने निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । 

“आज उमेदवारीमाथि दाबी विरोध र फिर्ताको काम हुन्छ । निर्वाचन भोलि हुन्छ,” उनले बाह्रखरीसँग भने । 

गण्डकीमा निर्वाचनका लागि आज उमेदवारी मनोनयन भएको छ । 

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । 

वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro