site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताए । 

छलफलमा कांग्रेस सांसद भीम पराजुलीले भने, “शुक्रबार नै विश्वासको मत लिने विषयमा छलफल भएको छ ।” 

सभाको चौथो अधिवशेन आज सुरु हुँदै छ । यसमा सरकारले दोस्रो पटक जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

“शनिबार परेकाले मुख्यमन्त्रीले अघिल्लै दिन असोज १९ गते विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ,” उनले भने । 

बैठकमा स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल गर्ने तय भएको बताइएको छ । 

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । २० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने/नराख्ने भन्ने प्रदेशसभाले टुंगो लगाइसकेको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ । 

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो ।

हिउँदे अधिवेशनको बुधबारको पहिलो बेठकमा दलका नेताहरूले शुभकामना सन्देश दिने कार्यसूची तय भएको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro