site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चित्रबहादुर केसीको प्रश्न : पूर्वप्रधानमन्त्री भन्दैमा मन लागेजति बोल्न पाउने हो ?
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री भन्दैमा जति बोल्न मन लाग्यो, त्यति बोल्न पाउने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली करिब दुई घण्टा बोलेका थिए ।

ओलीलाई उपलब्ध गराइएको समयप्रति आपत्ति जनाउँदै उनले संसद्मा अरु सांसद त्यही भाषणमात्र सुन्न आएको हो र भन्दै प्रश्न गरे ।

“मैले पहिले पनि कुरा उठाएको थिएँ,” उनले भने, “पूर्वप्रधामन्त्रीहरूलाई सभामुखहरूलाई जति बोल्न मन लाग्छ उति बोल्न दिन मिल्छ ? अरू सबै यहाँ त्यो सुन्न मात्र आएको हो ?”

उनले बोल्ने समय दिँदा विचार गर्न आग्रह समेत गरे । “दुई घण्टा बोल्दा नयाँ कु्रा के नै आयो र उहाँको ? त्यसकारण यसमा विचार गर्नुपर्छ,” उनले थपे ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro