site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिमा अर्थमन्त्री र सचिवसित छलफल गरिँदै

काठमाडौं । तीन संसदीय समितिका बैठक आज बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा विषयमा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र सचिव (अर्थ र राजस्व)सित छलफल गरिनेछ ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल गरिने ।

यस्तै, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाका विषयमा विद्यालय अनुगमनको समीक्षा गरिने संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

यी बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro