site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सर्जकहरू अभि सुवेदी र गोकुल सिन्हालाई युगेन्द्र–लक्ष्मीकान्त पुरस्कारको घोषणा

काठमाडौं । ‘युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार’ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले निर्णय गरेको हो ।

यस पुरस्कारकासाथ नगद राशि २१ हजार भारतीय रुपैयाँ र स्मृति चिन्ह प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, गुठीले ‘लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार’ अनुवादक एवम् सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारकासाथ ११ हजार भारतीय रुपैयाँ नगद राशि समेत प्रदान गरिने जनाइएको छ ।

गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको लेकालीले जानकारी गराएका छन् ।

यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा.डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत भइसकेका छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro