site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भने– चीन भ्रमणले जनस्तरको सम्बन्ध विस्तार भएको छ
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल र चीनको सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिँदै उनले चीन भ्रमणले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भाव बढेको दाबी गरे ।

“चीनको भ्रमणले चार वर्ष लामो नेतृत्व तहबाट एकअर्का मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य भएको छ,” उनले भने, “राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार मा दुईपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ । नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावना विशेष रुपले अभिवृद्धि भएको छ ।”

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro