site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार होइन : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् अटोमेसन भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो जानकारीबेगर पेट्रोलियम पदार्थको मूल्य आयल निगमले बढाएको बताए । उनले आफूले बिहानै फिर्ता गर्न निर्देशन दिएको र सोहीअनुसार मूल्यवृद्धि पुरानै मूल्यमा यथावत् राखिएको पनि जानकारी दिए ।

“मेरो जानकारीमा थिएन । केही महिना अगाडि विस्तारै पहिलेको ऋण चुक्ता गरेर नाफमा गएको अवस्थामा यसैबेला अटोमेसनमा जाने कुरा भएको थियो । तर, अहिलेको जनताको भावना र आवश्यकताविपरीत मूल्य बढ्यो,” उनले भने, “अटोमेसन भनेको आयल निगमको स्वतन्त्रता हैन । अहिलेको परिस्थितिमा फिर्ता लिएको छ ।”

उनले सुन छानबिन प्रकरणमा उच्चस्तरीय छानबिन अयोग निर्माण गरिएको पनि बैठकमा जानकारी गराए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro