site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा ल्याउन अझै बाँकी छ : सभामुख घिमिरे
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताए ।

उनले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भूमिका खेल्नुपर्ने बताए ।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउन विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro