site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
च्याटजीपीटीले अब ताजा जानकारी दिने

काठमाडौं । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट च्याटजीपीटीले अब ताजा जानकारी समेत उपलब्ध गराउन सक्ने भएको छ । माइक्रोसफ्टले लगानी गरेको ओपनएआईले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएको छ ।

च्याटजीपीटीले यसअघि सन् २०२१ सेप्टेम्बरसम्म इन्टरनेटमा उपलब्ध जानकारी मात्र उपलब्ध गराउँदै आएको थियो । अब भने च्याटजीपीटीले इन्टरनेट ब्राउज गर्न सक्ने र ताजा जानकारी समेत दिने कम्पनीले जनाएको छ ।

“प्लस र इन्टरप्राइज प्रयोगकर्ताका लागि इन्टरनेट ब्राउजिङ आजैदेखि उपलब्ध भएको छ । हामी छिट्टै सबै प्रयोगकर्ताका लागि यो सुविधा सार्वजनिक गर्नेछौँ,” कम्पनीले एक्समा लेखेको छ ।

यसै साता कम्पनीले च्याटजीपीटीले अब फोटो हेरेर जानकारी दिन सक्ने र आवाजमा आधारित अन्तरक्रिया गर्न सक्ने नयाँ फिचर घोषणा गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro