site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह

काठमाडौं । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४ः१५ बजे प्रक्षेपण गरिएको थियो ।

यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ४८९औँ उडान अभियान हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro