site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो छ एमाले वाग्मती प्रदेशको परिवर्तित निर्वाचन कार्यतालिका
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनअन्तर्गत यसअघि सार्वजनिक निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । जसअनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण हुनेछ ।

४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गरिने परिवर्तित कार्यतालिकामा उल्लेख छ । साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

राति ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । भोलि (बिहीबार) बिहानदेखि मतदान सुरु हुने कार्यतालिकामा उल्लेख छ ।

यसअघि, मतदाता नामावली प्रकाशन भइसकेको छ । एक हजार १६५ जनाको प्रारम्भिक नाम टाँसिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । 

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro