site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उनले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरे ।

बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकीर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिए ।

उनले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोसी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर भएको बताए ।

उनले सङ्घीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याए ।

खुल्ला सीमा व्यवस्थित भएमा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफू त्यसतर्फ लागि परेको बताए ।

कोसी प्रदेशमा लागुऔषध दुव्र्यसनीको ठूलो समस्या रहेको भन्दै उनले चाडपर्वको समयमा बजारमा कालोबजारी हुन नदिन प्रहरी प्रशासन चनाखो हुनुपर्ने धारणा राखे । उनले कोसी प्रदेशमा जनताले चुनाव नचाहेको अवस्थामा सरकारलाई स्थिर बनाउन केन्द्र तहका राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए । रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro