site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्न हुँदैन : राष्ट्रपति
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले संघ, प्रदेश र पालिकाहरू सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए । 

उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताए । उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरूसँग आफूले आग्रह गर्ने पनि बताए । उनले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको पनि बताए ।

"वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरू, अहिले अझै पनि संविधानको मर्म अनुरूप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरू अझै पनि उनीहरूलाई नियन्त्रितरूपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याइँ भएको छ । अब यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ," उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro