site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार अपरान्ह्र नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम आयोजना गरिएको  छ । 

मन्त्रिपरिषद्‌मा मोरङका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने तयारी छ । 

अधिकारी भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । बुद्धिकुमार राजभण्डारी यसअघि कार्कीकै नेतृत्व सरकारमा  सामाजिक विकासमन्त्री थिए । 

यसैगरी एमाले कोसी प्रदेश सचेतकमा सांसद कमला दर्नाल चयन भएकी छन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले दर्नाल सचेतकमा नियुक्त भएको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro