site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरले अभियन्ता ईःसँग संवाद गर्नुपर्छ : महामन्त्री थापा 
फाइल तस्बिर ।

काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग शीघ्र संवाद गर्नुपर्ने बताएका छन् । आइतबार महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियन्तासँग छलफल गर्नुपर्नेमा जोड दिएका हुन् ।

अभियन्ता ईःलगायत व्यक्तिले राष्ट्रिय सभागृहबाहिर उभिएर काठमाडौं महानगरको ध्यानाकर्षण गराइरहेका छन् । उनीहरू त्यहाँ उभिएको आज ६ दिन भएको छ ।

थापाले काठमाडौं महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको समेत बताएका छन् । “लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ ।  शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ । ईःलगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि, एकार्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै,” थापाले फेसबुकमा लेखेका छन्, “यसकारण मेरो आग्रह छ–निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् ।”

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro