site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
काका हाथरसीका दुई टुक्रा कविता

पराजित भए उनी, लाग्यो चुनावमा चोट
आफ्नोआफ्नो भाग्य हो, भोटरको के दोष ?
भोटरको के दोष, जमानत जफत भइदियो 
त्यसै दिनदेखि लालाजीलाई सनक चढ्दै गयो 
भन्दै ‘काका’ कवि बरबराउँछन् निदाउँदा निदाउँदै
हरेक रात लिँदै हिचकी, रुँदै रुँदै ।

०००

बोले माइक पक्डेर, पापडचन्द ‘पराग’
चोटीका कवि लिँदै छन्, सम्मेलनमा भाग
सम्मेलनमा भाग, महाकवि गामा आए
काका, चाचा, मामाश्री र पाजामा पनि आए
मैले भनेँ, व्यर्थै जनतालाई किन बहकाउँछ्यौ ?
दाह्रीबालालाई पनि एकफेर शीर्ष कवि बताइदेऊ !

(‘हिन्दवी’बाट भावानुवाद)
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro