site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भीभीआईपी र भीआईपीका पीएसओ मापदण्डभित्र मात्र पठाउन निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतकोको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपी र भीभीआईपीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मापदण्डभित्र मात्र पठाउन निर्देशन दिएको छ ।

भीभीआईपी र भीआईपीका नाममा सुरक्षाकर्मीको दुरुपयोग भएको गुनासो आएको भन्दै समितिको बिहीबार बसेको बैठकबाट मापदण्डभित्र मात्र पीएसओ खटाउन निर्देशन दिइएको हो ।

समितिका सभापति रामहरि खतिवडाले सो निर्देशन दिने निर्णय सुनाएका थिए । “भीभीआईपी र भीआईपीहरूको सुरक्षाका लागि (व्यक्तिगत सुरक्षा अधिकृत) पीएसओ खटाउँदा मापदण्डभित्र रहेर खटाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ,” निर्णय सुनाउँदै उनले भने, “कुन भीभीआईपी र भीआईपीका लागि कति सुरक्षाकर्मी पीएसओको रूपमा खटाइएको छ भन्ने विवरण १५ दिनभित्र उपलब्ध गराउन निर्देशन भएको छ ।”

भीभीआईपी र भीआईपीका नाममा खटाइएका पीएसको विवरण प्राप्त भएपछि मापदण्डअनुरूप नभएको पाइए थप निर्णय गर्ने पनि समितिमा समझदारी बनेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro