site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकलाई गगन थापाको आह्वान– विधेयक हामी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन् ।

“विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ । संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ,” थापाले फेसबुकमा लेखेका छन्, “आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।”

उनले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् । “अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,” थापाले लेखेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro