site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
तीन सर्जकलाई भैरव पुरस्कार प्रदान गरिने 

काठमाडौं । नेपाली साहित्यका विशिष्ट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारको घोषणा गरिएको छ । 

भैरव पुरस्कार गुठीले जानकारी गराएअनुसार ‘भैरव पुरस्कार २०८०’ हास्यव्यङ्ग्यकार मुन पौडेललाई एक लाख ११ हजार १११ रुपैयाँ राशिसहित प्रदान गरिने छ ।

त्यस्तै, एक लाख एक हजार १११ रुपैया राशीकै ‘भैरव वाङ्मय पुरस्कार’ प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने र ५१ हजार १११ रुपैयाँ राशीको ‘भैरव प्रतिभा पुरस्कार’ हास्यव्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरिने गुठीले जानकारी गराएको छ । 

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गर्दै घोषणा गरेको हो । 

घोषणा गरिएको पुरस्कार भैरव स्मृति दिवसका दिन असोज १९ गते प्रदान गरिने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro