site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वसभामुख ढुंगाना भन्छन्– माओवादीसँग डराएर बनाएको संविधान हो, उत्कृष्ट भन्न सकिँदैन
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ असोज ३ गते जारी भएको नयाँ संविधान माओवादीसँग डराएर बनाइएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसले सुरु गरेको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानमा बीपी तत्व नरहेको पनि जनाए । 

“यो संविधानमा बीपी तत्व छँदै छैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन । तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ,” उनले भने, “यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो ।” 

बीपीले उबेलैमा संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्ने गरेको स्मरण उनले गरे । उनले थप स्पष्ट पारे, “किनभने उहाँ संविधानको ज्ञाता पनि हनुहुन्थ्यो । २००७ साल देखि २०३९ सालसम्मको अवधि संविधानकै सेरोफेरोमा घुमेको देखिन्छ ।” 

उनले अगाडि भने, “२००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ । त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र कान्तिको जगमा बनेको हो ।”  

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro