site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर समूहको निष्कर्ष– कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश गयो

काठमाडौं । शेखर कोइराला समूहको बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो ।

बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ । 

“हाम्रो दलका नेताहरू समातिने डरको मनोविज्ञान बढेपछि भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष हो,” बैठकमा सहभागी एक नेताले भने ।

ती नेताका अनुसार बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेकोसहितका विषयमा छलफल भएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro