site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन बनाउँदाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : सिंह
तस्बिर : यूपी लामिछानेको फेसबुकबाट ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बनाउँदाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्र देश अस्थिरताबाट जोगिने बताएका छन् । गणेशमान सिंहको २६औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवतीमा उनको सालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका हुन् ।

सरकार गठन हुँदा गरिएको समझदारीलाई सबै दलहरूले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने उनले उल्लेख गरे । उनले समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए ।

पार्टीभित्र अहिले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा बलियो भए पनि केन्द्रीय समितिले गरेका निर्णय आधिकारिक हुनेमा उनले जोड दिए ।

“यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रूपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरूबीचको समझदारी हो, त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी–कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ,” उनले भने, “गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।”

नेता सिंहले संविधानको भावना र मर्मअनुरूप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro