site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको केन्द्रीय परिषद् अस्वीकार गर्दै मनाङेले भने– अरूलाई नै देऊ

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् ।

मनाङेले आफू पहिलेदेखि नै जनप्रतिनिधि रहेकाले पार्टीको पदमा बसिरहन आवश्यक नरहेको बताएका छन् । 'एक व्यक्ति एक पद'को नारा नारामा मात्र सीमित नगरी कार्यान्वयन गर्न आग्रह गर्दै उनले अरूलाई नै जिम्मेवारी दिन भनेका छन् ।

"मलाई दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडि बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु," उनले फेसबुकमा भनेका छन् । 

उनी म​नाङ निर्वाच​न क्षेत्र नम्बर (ख​) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro