site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले खेलाडीलाई भने– घोषणा गरेको रकम भोलिको क्याबिनेटबाट निकासा हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खेलाडीहरूलाई पुरस्कारस्वरुप घोषणा गरेको रकम भोलि (शुक्रबार)को क्याबिनेटबाट निकासा गर्ने प्रतिबद्धता जनाएका छन् ।

१९औँ एसियाली खेलकुदमा प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई बिदाइ गर्दै उनले पहिले नियमावलीका कारण निकासामा ढिलाइ भएको सुनाए । अहिले नियमावली बनेकाले भोलि नै निकासा गर्ने बताएका हुन् ।

“केही प्राविधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएकाले दुःख व्यक्त गर्न चाहन्छु । मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको कारण निकासामा समस्या परेको थियो,” उनले भने, “अहिले नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भइ आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।”

उनले उच्च मनोबलका साथ खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro