site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीका नेतामाथि ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान भइरहेको छ : सचेतक परियार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि उठाएका विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपका सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्नेसमेत बताए ।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रूपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे ।

रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro