site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गरिबी निवारणमा चीनसँग सहकार्य गर्न प्रधानमन्त्रीलाई सुझाव दिएँ : सीके राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले गरिबीमुक्त देश बनाउनेबारेमा चीनको अनुभव लिन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बोलाएको बैठकमा आफूले त्यस्तो सुझाव दिएको उनले जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन सिंहदरबारमा बैठक राखेका थिए । सो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको उल्लेख गरे । नेपालले पनि गरिबी निवारण गर्नुपर्ने भन्दै उनले चीनसँग अनुभव लिन सुझाव दिएको सुनाए ।

उनले म्यानुफ्याक्चरिङ क्षेत्रमा चीन धेरै अघि बढेको बताए । नेपालमा उद्योगहरू खोल्न र प्रोडक्ट चीनले आफूमार्फत नै निर्यात गर्न आग्रह गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको उनको भनाइ छ ।

“गरिबी निवारणमा चीनले ठूलो सफलता हासिल गरेको हुनाले त्यसको अनुभवको आधारमा नेपालले कसरी गरिबीबाट मुक्ति दिलाउन सक्छ, त्यसको बारेमा सहकार्य गर्न सुझाव दिएँ । म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि चीन धेरै अघि भएको हुनाले उद्योगहरूको मोडलमा चीनले नेपालमा उद्योगहरू खोल्ने र प्रोडक्ट चीनले आफूमार्फत निर्यात गर्न आग्रह गर्न भनेका छौँ,” उनले भने, “स्थानीय रूपमा रोजगारी सिर्जना होस् भन्ने लक्ष्य हो । फर्टिलाइजर उद्योगहरू स्थापना गर्न चीनले मद्दत गरोस् भन्ने हो । नेपाल केमिकल फर्टिलाइजरमा परनिर्भर हुन नपरोस् भन्ने हो ।”

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro