site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित 
फाइल तस्बिर ।

काठमाडौैं । राष्ट्रियसभाको भदौ २४ गतेका लागि बोलाइएको बैठक स्थगित भएको छ । 

आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । 

अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

अध्यक्षको सचिवालयका अनुसार राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विद्येयकमात्रै रहेका छन् । अध्यागमन विधेयक विद्यायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भएको छ । त्यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेका छन् । 

त्यस्तै, विद्युतीय कारोबारसम्बन्धी विद्येयक र राष्ट्रिय मर्यादासम्बन्धी विद्येयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका आठ वटा विधेयक फिर्ता आएका छैनन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro