site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
च्याटजीपीटीलाई आफ्ना सामग्री प्रयोग गर्न गार्जियनले लगायो प्रतिबन्ध

काठमाडौं । बेलायती दैनिक पत्रिका दि गार्जियनले च्याटजीपीटीको अभिभावक संस्था ओपनएआईलाई आफ्नो सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

ओपनएआईले विभिन्न कम्पनीका कन्टेटहरू लाइसेन्सबिना नै आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलमार्फत प्रयोग गरिरहेको छ ।

यस विषयमा कयौँले आफ्नो वौद्धिक सम्पत्तिको रक्षाका लागि ओपनएआईविरुद्ध मुद्दा नै अघि बढाउन थालेका छन् ।

गार्जियनले ओपनएआईलाई आफ्ना सामग्री प्रयोग गर्न रोक लगाएको पुष्टि गरेको छ ।

गत वर्ष च्याटजीपीटी च्याटबोटको सफलतापछि मानिसहरूले सोधेको सामान्य प्रश्नबाट भरपर्दाे लेख, तस्बिर र अडियो उत्पादन गर्नसक्ने जेनेरेटिभ एआई टेक्नोलोजीले प्रविधिका क्षेत्रमा ठूलो स्थान पाएको छ ।

तर, यसले गलत सूचना प्रसारण गर्न सक्ने र यी टुलहरू कसरी बनिरहेका छन् भनेर सुरक्षा चिन्ता पनि बढेको छ ।

च्याटजीपीटी र यस किसिमका एआई टुलहरूले इन्टरनेटमा मिल्ने ठूलो मात्राको जानकारी वा सूचनाको डाटालाई विश्लेषण गरी मानिसले सोधेको प्रश्नको जवाफ दिने गर्छन् ।

तर, यस्ता टुलहरूले आफ्नो व्यावसायिक उद्देश्यका लागि अरूको बौद्धिक सम्पत्ति प्रयोग गरिरहेको भन्दै विरोध हुन थालेको छ ।

दी गार्जियनबाट ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro