site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुच्चे नक्सालाई मान्यता दिलाउन गरिएको पत्राचारबारे मागियो जानकारी
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले संसद्बाट पारित भएको चुच्चे नक्सालाई मान्यता दिन गरिएको पहलबारे जानकारी गराउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले चीनले जारी गरेको नयाँ नक्सामा चुच्चे नक्सा नसमेटिएको बताए । सो सन्दर्भमा परराष्ट्रमन्त्री एनपी साउदले यसअघिका सरकारले पत्राचार नगरेको आरोप लगाइरहेको उनले उल्लेख गरे ।

“संसद्बाट एकमतले पारित नक्सालाई मान्यता दिलाउका लागि कुन–कुन देशसँग कु्न–कुन पत्राचार गरेको छ, त्यसको जानकारी संसद्लाई दिइयोस्,” उनले भने ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालतर्फ लिपुलेक, कालापानी समेटिएको छैन । सो विषयमा नेपालमा विरोध भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro