site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनलाई रामहरि खतिवडाले भने– बोल्दा जिब्रोमा ‘ब्रेक’ लगाउनू
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेता र जनप्रतिनिधिले बोल्दा विचार पुर्याउनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै बोल्दा जिब्रोमा ब्रेक लगाउन आग्रह गरे ।

“राजनीतिज्ञ निर्वाचित भएपछि जे पायो त्यही बोल्न गइराखेका हुन्छौँ । कोही आगै उकेल्छु, सिंहदरबार नै ध्वस्त पार्छु भन्छौँ । कोही जातीय राज्य चाहियो भन्छौँ,” उनले भने, “कोही धार्मिक स्वतन्त्रता, धर्ममाथि आँच आउने काम गर्छौँ । जित्ने राजनीतिज्ञ र निर्वाचित प्रतिनिधिलाई जिब्रोमा ब्रेक लगाउन अनुरोध गर्दछु ।”

काठमाडौंका मेयर शाहले सिंहदरबार जलाउने भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसले चर्चा पाएको छ । उनले स्टाटस भने डिलिट गरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro