site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी सिनेटर र ओलीबीच भेट, एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेनले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटमा होलेनले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

जवाफमा ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको बताएका थिए । उनले अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको नेम्वाङको भनाइ छ । 

नेम्वाङका अनुसार भेटमा सिनेटर होलेनले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न सुरु गरेकोमा खुसी लागेको बताएका छन् । 

"दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो । सिनेटरजीको नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो, यो अब  कसरी, के हुन्छ भन्ने जिज्ञासा थियो, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा आशा थियो । अध्यक्षले यो सबै कुराको बारेमा नेपालको सन्दर्भमा हाम्रो पार्टीको दृष्टिकोण राख्नुभयो," नेम्वाङले भने । 

होलेन गत शुक्रबार नेपाल आएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro