site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् ।

शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न प्रकरणमा सबै ठूला दलहरू मिल्ने र मिलीजुली रूपमा देशलाई सिन्डिकेटको सिकार बनाएको आरोप लगाए ।

अहिले देशको अवस्था असामान्य भएको भन्दै उनले जनताको दैनिकीप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro